Comments Add Comment

स्काइपीको भिडियो कल रिसिभ गर्दा स्मार्टफोनका गोप्य डाटा खतरामा ! (भिडियोसहित)

जुन गतिमा प्रविधिबाट हाम्रो निर्भरता बढिरहेको छ, त्यसैगरी यसका नकारात्मक असरहरु पनि देखिन थालेका छन् ।

पछिल्लो समयमा इन्टरनेट प्रयोगकर्ताका निजी डाटाहरु छताछुल्ल हुने कैयन् घटनाहरु सार्वजनिक हुन थालेका छन् । यस्तोमा कुनैपनि इन्टरनेट प्रयोगकर्ताका लागि आफ्ना अनलाइन डाटाहरु सुरक्षित राख्नु ठूलो चुनौतिको रुपमा खडा भएको छ ।

यस्तो होइन कि केवल असुरक्षित एपहरुको प्रयोगले मात्र खतरा उत्पन्न गर्दछ । कतिपय निकै लोकप्रिय तथा चर्चित र सुरक्षित मानिएका एपहरुमा पनि प्रयोगकर्ताको डाटा पूर्णरुपमा सुरक्षित छैन ।

यही क्रममा चर्चित भिडियो कलिङ्ग एप स्काइपीसँग सम्बन्धित ताजा घटना सार्वजनिक भएको छ ।

स्काइपीको एन्ड्रोइड एपका माध्यमबाट स्मार्टफोनलाई अनलक नगरिकनै प्रयोगकर्ताको व्यक्तिगत डाटा चोरी भएको दाबी गरिएको छ ।

युरोपेली मुलुक कोशोभोका एकजना साइबर विशेषज्ञले एउटा भिडियोमार्फत यस्तो दाबी गरेका छन् । भिडियोमा उनले स्काइपी कल रिसिभ गरेपश्चात् स्मार्टफोन अनलक नगरिकनै मेसेज पठाउने देखि लिएर ग्यालेरी ओपन गर्न सकिने तथ्य देखाएका छन् ।

उनका अनुसार एकदिन अचानक उनले स्काइपी कल रिसिभ गरेसँगै आफ्नो स्क्रिन अनलक नगरीकनै फोन भित्रका विभिन्न फोल्डर्स, कन्ट्याक्ट डिटेल्स हेर्न सक्नुका साथै अन्य एप तथा ब्राउजर समेत प्रयोग गर्न सकियो । जबकी फोनभित्रमा त्यस्ता सामाग्रीमा एक्सेस गर्नका लागि पहिले स्क्रिन अनलक गर्नु पर्दथ्यो ।

उनले मानिसहरुलाई सचेत बनाउनका लागि एउटा भिडियो तयार पारेर सार्वजनिक गरेका छन् । उक्त भिडियो सार्वजनिक गर्नुअघि उनले गत अक्टोबरमा माइक्रोसफ्ट कम्पनीलाई प्रेषित गरेका थिए ।

स्काइपीको भिडियो कल रिसिभ गर्दा फोनको स्क्रिन आफै अनलक हुने यस्तो समस्या माइक्रोसफ्टले डिसेम्बर महिनामा नै समाधान गरेको बताइए पनि यस बारेमा केही बताएको छैन ।

हेरौं भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment