Comments Add Comment

प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए कांग्रेसले संसद अवरुद्ध गर्ने

२५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए नेपाली कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका छन् ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले आज मध्याह्न १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने बताए ।

प्रधानले अनलाइनखबरसँग भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध गर्छौं ।’

कार्यव्यवस्थाको बैठक मध्यान्ह १२ बजेलाई बोलाइएको छ ।

आइतबार संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न नपाएपछि कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment