Comments Add Comment

श्रम मन्त्रीले ‘गोपी’ टिमलाई किन भेटे ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को टिमसँग भेट गरेका छन् । कुनै नेपाली चलचित्रप्रति सरकारका मन्त्रीबाटै यस्तो चासो निकै कम देख्न पाइन्छ । सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा भेट गर्दै मन्त्री बिष्टले चलचित्रको ट्रेलर हेरेपछि आफू टिमसँग भेट्न उत्साहित भएको बताएका थिए ।

भेटमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नायिका सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमिल्सेना सहभागी थिए । मानिसले चाहेको खण्डमा देशमा नै केही गर्न सकिन्छ भन्ने मुख्य कथालाई यो चलचित्रले बोकेको छ ।

अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई चलचित्रले समेटेको भन्दै मन्त्री बिष्टले खुशी व्यक्त गरेका थिए । उनले मन्त्रालय र व्यक्तिगत रुपमा आफ्नो नैतिक समर्थन चलचित्रप्रति रहेको बताउ । उनले भेटघाटका क्रममा चलचित्रको बजेट र छायांकनको बिषयमा पनि जानकारी लिएका थिए । चलचित्रप्रति श्रम मन्त्रीले चासो व्यक्त गरेको भन्दै निर्देशक लामाले खुशी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment