Comments Add Comment

प्रेमिकासँग बिहे गर्दै फरहान

बलिउडमा डिभोर्स र बिहेको खबर सधै नै आइरहन्छ । झन्, पछिल्लो समयमा त बलिउडमा कलाकारको डिभोर्स र पून बिहे फेसन नै चलेको छ । यसैविच, बलिउडका चर्चित नायक, निर्माता तथा निर्देशक फरहान अख्तर पनि बिहे गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ ।

फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । शिवानीले हालै मात्र नयाँ बर्ष फरहानको घरमा मनाएकी थिइन् । भारतीय मिडियाका अनुसार, फरहानको घरपरिवारसँग शिवानी घुलमिल भैसकेकी छिन् । यसैले, उनीहरु चाडै नै बिहे गर्ने तयारीमा छन् ।

शिवानी र फरहानले यो बर्षको मार्च वा अप्रिलमा बिहे गर्ने मिडियामा उल्लेखछ । फरहानले अधुना बभानीसँग बिहे गरेका थिए । उनीहरु डिभोर्स भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment