Comments Add Comment

क्यानडामा रेडियो अडियोले फिल्म देखाउने

रेडियो अडियोले नेपाली चलचित्रको विदेश प्रदर्शन सुरु गरेको छ । मार्चको पहिलो साताबाट क्यानडाको टोरन्टो, कैलगरी, एडमन्ट लगायतका शहरमा रेडियो अडियोले चलचित्र प्रदर्शन गर्ने पक्का भैसकेको छ । रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीले यसको सुरुवात चलचित्र ‘छक्का पन्जा ३’बाट गर्न लागिएको बताए । रेडियो अडियोले यो चलचित्रको क्यानडा प्रदर्शनको जिम्मा लिएको छ ।

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण सिनेमा प्रदर्शन गर्न लागिएको निर्देशक अधिकारीले बताए । आफूहरुले नेपाली चलचित्रलाई माया गर्ने दर्शक खोज्दै जाँदा क्यानडा पुगेको उनले सुनाए । उनले क्यानडाका अन्य शहरमा पनि चलचित्र प्रदर्शनका लागि कुरा भैरहेको बताए ।

क्यानडाको क्यालगरीमा रहेको रेड एपmएमका साथै बिभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघसंस्थासँग सहकार्य गर्ने तयारी गरिएको अमितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment