Comments Add Comment

कोहलपुरमा ३० किलो चरेससहित तीनजना पक्राउ

२५ पुस, काठमाडौं । प्रहरीले बाँकेको कोहलपुर-९ बाट ३० किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका-८ का कालिमान बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका-१ का बुद्धबहादुर रजाली र रुकुम पश्चिमको मुसिकोट नगरपालिका-६ का बलबहादुर बुढा छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रदेश प्रहरी कार्यालय प्रदेश नंं ५ को टोलीले मंगलबार राति पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले बताए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको सिंहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment