Comments Add Comment

फ्रेन्ड्स विथ बेनिफिट्सः साथीसँग सेक्स कि, सेक्सका लागि साथी ?

जब-जब मित्रताको कुरा आउँछ, हामी सुदामा र कृष्णजीको स्मरण गर्छौं । पौराणिक कथा अनुसार सुदामा अति गरिब पात्र । जबकी कृष्णजी सर्वशक्तिमान् । दुबैबीचको आत्मियतामा न सम्पति पर्खाल बन्यो, न शक्ति । किनभने उनीहरुको मित्रता स्वार्थरहित र अपेक्षारहित थियो ।कसैले केही पाउनका लागि केही गुमाउनका लागि सम्बन्धको हात बढाएका थिएनन् ।

तर, वर्तमान समाजमा मित्रता एउटा यस्तो हतियार भएको छ, जसबाट केही लाभको अपेक्षा गरिन्छ । सम्बन्ध स्थापित गर्नु वा साथी बनाउनु भनेकै आफ्नो हितको लागि भन्ने मानसिकता विकास भएको छ । त्यही कारण अहिले बन्ने मित्रता त्यसबेलासम्म टिक्छ, जबसम्म दुबैले त्यसमा आ-आफ्नो स्वार्थ घुलनसिल भएको पाउँछ ।

के स्वार्थरहित मित्रताको युग टुंगिएको हो ?

यो प्रश्नको उत्तर खोज्नतर्फ नलागौं । तर, वर्तमान समाजले हुर्काउँदै गएको यसकै फरक पाटोबारे चर्चा गरौं ।

अहिले मित्रतामा खुलमखुला स्वार्थ र सर्तको गाँठो पारिन्छ । जब कसैसँग मित्रता गाँसिन्छ भने, त्यसमा केही स्वार्थ आवश्य राखिन्छ । साथसाथै सर्त पनि । यस्तै सम्बन्धको प्रारुप हो, फ्रेन्ड्स विथ बेनिफिट्स ।

फ्रेन्ड्स विथ बेनिफिट्स

पश्चिमा मुलुकमा ‘फ्रेन्ड्स विथ बेनिफिट्स’ चलन बढेको छ । हामीकहाँ पनि यस किसिमको प्रचलन भित्रभित्रै झांगिएको छ । यसलाई मलजल गर्नमा हलिउड चलचित्र ‘फ्रेन्ड्स विथ बेनिफिट्स’ पनि एउटा कारण बन्यो । सन् २०११ जस्टिन टिम्बरलेक र मिल्ला कुनिस अभिनित यो चलचित्रबाट वैंशालु जोडी थप उक्सिए । उनीहरुमा कस्तो मनोविज्ञान विकास भयो भने, मित्रताबाट शारीरिक सम्बन्धको फाइदा लिन सकिन्छ ।

यो कस्तो प्रवृत्ति हो भने, साथी बनाउनको ध्येय केवल शारीरिक सम्बन्धकबाट आनन्द लिनु । यसमा दुबै पार्टनरको स्वार्थ र सर्त त्यती नै हो । अर्थात दुबै शारीरिक सम्बन्ध स्थापित गर्नकै लागि मित्रता जोड्छन् । यसलाई साथी हुनुको फाइदा भन्ने गरिन्छ ।

जब कसैसँग मित्रता गाँसिन्छ, एकअर्कामा भरोसा गरिन्छ । विश्वास गरिन्छ । विश्वासले नै सम्बन्ध टिकेको हुन्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ केही गोपनियता पनि । त्यसैले वैशालु जोडी फगत जीवनलाई रोमान्टिक बनाउनकै लागि साथी बन्न सक्छन् । यो उनीहरुको नियजित सम्बन्ध हो ।

मित्रतामा स्वार्थ हुँदैन भन्ने धारणा विपरित यस किसिमको सम्बन्धमा सर्तहरु लागु गरिन्छ ।

हुन त यो पश्चिमा संस्कृतिको उपज हो । किनभने त्यहाँको समाज यौनमा उदार छन् । उनीहरु वान नाइट स्टेदेखि क्याजुअल सेक्ससम्म खुला छन् । तर, यस्तो सम्बन्धमा पुरुषहरु बढी रुची राख्छन् । लन्डन विस्कौन्सिक यू क्लेयर युनिभर्सिटीबाट ४ सय वयस्कमाथि गरिएको एक सोधमा थाहा भयो कि, पुरुष र महिलाको वीच जब मित्रता हुन्छ, त्यसमा अक्सरले पुरुषहरु शारीरिक सुखभोगको इच्छा राखिरहेका हुन्छन् ।

पुरुषहरु सहज सेक्स र एक्स्ट्रा म्यारिटल अफेयरको चाहनामा अफिस, छिमेकी र अनलाइनमा समेत सेक्सुअल फेवर वाला सम्बन्ध खोजिरहेका हुन्छन् । जब उनीहरुको इच्छा पुरा हुँदैन, तब आफ्ना साथीसँग फ्रेन्ड्स विथ बेनिफिट्सकोको रुपमा सेक्स सम्बन्ध बनाउने सर्त राख्छन् । यस्तोमा कतिपय साथी भने सर्त स्विकार्न तयार हुँदैनन् ।

हुन त यस किसिमको सम्बन्ध बनाउन पुरुष मात्र अगाडि सर्ने होइन । महिला पनि फ्रेन्ड्स विथ बेनिफिट्सको आडमा सेक्सुअल फ्रिडम खोज्छन् । यसमा अक्सर त्यही महिला हुन्छन्, जो बिग्रदो दाम्पत्यको शिकार भएका हुन्छन् वा डिभोर्सी ।

सेक्सको इच्छा पुरा गर्नका लागि कुनै अनजान व्यक्तिसँग डेटमा जाने भन्दा पनि आफुले चिनेजानेकै साथीसँग यौनबाट तृप्त हुने इच्छा राख्छन् ।

यस किसिमको सम्बन्धमा फिलिंङ्स भन्दा पनि क्याजुअल सेक्स हुनेगर्छ । साथै यसमा कुनै प्रतिवद्धता, हस्तक्षेप हुँदैन ।

सामान्यत अहिलेका कलेज पुस्तामा फ्रेन्ड्स विथ बेनिफिट्सको चलन चलेको छ । कलेज आउजाउसँगै बढ्ने घनिष्ठता साथीमा रुपान्तरण हुन्छ । उनीहरु साथीसँग उठबस गर्न थाल्छन् । र, त्यही क्रममा उनीहरु आफ्नो शारीरिक आवश्यक्ता पनि पुरा गर्छन् ।

किन खतरनाक ?

हुन त मनमा आउने यौन इच्छालाई दबाउनु हुन्न भनिन्छ । जब यौनइच्छा दबाईन्छ, तब त्यो कुष्ठा विकारको रुपमा रहन्छ । उक्त विकारले हामीलाई अनेकन यौन कृत्य गर्न उक्साउँछ । त्यस हिसाबले यौन सम्बन्ध सुरक्षित र गोपनिय ढंगले राख्नु सकिन्छ ।

तर, यस किसिमको सम्बन्धले हामीलाई गलत मोडमा पनि पुर्‍याउँन सब्क्छ । असुरक्षित ढंगको यौन सम्पर्कले त भयावह नतिजा दिन्छ नै, गोपनियता भंग हुने त्रास पनि । जब गोपनियता भंग हुन्छ, सामाजिक जीवन नै खराब हुनपुग्छ ।

अर्कोतिर अहिले मोवाइल, सिसिटिभी, क्यामेरा जस्ता उपकरणबाट यौनजन्य दृश्य खिच्ने र त्यसैको आडमा ब्ल्याकमेलिङ गर्ने प्रचलन पनि छ । यस कुरामा फसियो भने त्यसबाट बाहिर आउन निकै मुश्किल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment