Comments Add Comment

सख्खरबाट यसरी बन्छ मिठो चाकु (फोटो फिचर)

२५ पुस, काठमाडौं । नेपालका धेरै समुदायले मनाउने पर्व हो माघेसंक्रान्ति । माघेसंक्रान्तिको प्रमुख परिकार हो चाकु ।

सख्खरलाई विभिन्न मसला मिसाई बनाइने परिकार हो यो । चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ । त्यसैले जाडोमा चाकुको प्रयोग बढी हुन्छ ।

नेपालमा धेरै जाडो हुने माघ महिना, अझै विशेषत माघेसंक्रान्तिका दिन वरपर चाकुको धेरै किनबेच हुन्छ । त्यसैले चाकु बनाउनेहरुले यही समयलाई लक्षित गरी बनाउँछन् । हुनत उत्पादकहरु मंसिरदेखि माघेसम्म म्मको समय चाकुको सिजन मान्छन् ।

अहिले काठमाडौंमा चाकु बनाइने क्षेत्रमा यसका व्यवसायीलाई भ्याइनभ्याई छ । चाकु बनाइने प्रमुख क्षेत्र हो टोखा । यहाँको काशीलाल चाकु प्रोडक्सनका सञ्चालक विश्व श्रेष्ठका अनुसार नेपालका मुख्य शहरहरु लगायत विदेशतिर पनि चाकु निर्यात हुन्छ ।

श्रेष्ठले बजारबाट पहिले सख्खर किनेर ल्याउँछन् । त्यसलाई केहीबेर आगोमा पकाएपछि सेलाउन राखिन्छ । सेलाएपछि त्यसलाई बाटेर विभिन्न आकार र तौलको भनाइ त्यसमा नरिवल, खरबुजाको बियाँ आदि मसला राखेर प्याकिङ गरेर बजारमा लगिन्छ ।

हेर्नुहोस् तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment