Comments Add Comment

ठूलो धोका भयो, अब ओली र प्रचण्डविरुद्ध लड्छु : डा. केसी

२५ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

डा. केसी बुधबार अपराह्न ४ बजेपछि अनसन बस्दैछन् । त्यसका लागि उनी इलाम पुगिसकेका छन् ।

बुधबार बिहानै अनसन बस्ने भनेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए । समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

यो पनि पढ्नुहोस चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. केसीसँग भएको सहमति तोडियो

संसदीय समितिको निर्णयपछि अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै डा. केसीले जनतालाई धोका भएको बताए । ‘हामी जनताका लागि लडिरहेका छौं । उनीहरु माफिया दलालहरुका लागि ऐन बनाइरहेका छन्’ उनले भनेका छन् ।

प्रधानमन्त्रीकै कारण आफ्नो १५ औं अनसनका क्रममा सहमति विपरीत ऐन बनाउन खोजिएको उनले बताए । ‘अनसन सकिएपछि भेट्न बालुवाटार जाँदा नै शंका लागेको थियो’ डा. केसीले भने, ‘ओली र प्रचण्डजीको स्वार्थ छ ।’

प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको उनको आरोप छ । डा. केसीले भने, ‘अब ओलीजी र प्रचण्डजीका विरुद्ध लड्ने हो ।’

यो पनि पढ्नुहोस संसदबाटै डा. केसीको जित भयोः योगेश भट्टराई यो पनि पढ्नुहोस सरकारले डा. केसीलाई धोका दियोः गगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment