Comments Add Comment

वीरगञ्ज इन्डो नेपाल तेक्वान्दोमा पहिलो दिन चार तौल समूहको खेल सम्पन्न

२५ पुस, वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम वीरगञ्ज इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपअन्तर्गत चारवटा तौल समूहका खेल सम्पन्न भएको छन् । पहिलो दिन भएका खेलहरुमा वीरगञ्ज, बिहार, एपीएफ र प्रदेश ३ ले एक/एक स्वर्ण पदक जितेका छन् ।

पुरुष ८० केजीमुनीको तौल समूहमा प्रदेश ३ का किरण सिटीखु प्रथम भए । दार्जिलीङका टासी तामाङ द्वितीय, बिहारका शौरभकुमार र आर्मीका सन्तोष तामाङ तृतीय भए ।

पुरुष तर्फकै ७४ केजीमुनीको तौल समूहमा एपीएफका निरज देउजा प्रथम, प्रदेश ३ का दिपेन गुरुङ द्वितीय, वीरगञ्जका विनोद बस्नेत र बिहारका विकेश कुमार तृतीय भए ।

५८ केजीमुनीको तौल समूहमा बिहारका विपुल कुमारले बाजी मारे भने प्रदेश ५ का गोबिन्द बहादुर द्वितीय, सुदूरपश्चिम प्रदेश ७ का सुरज चौधरी र कालिम्पोङका निरज प्रधान तृतीय भएको निर्णयक मण्डलका प्रमुख एवं सिनियर प्रशिक्षक टार्जन सुब्बाले जानकारी दिए ।

महिलातर्फ ४६ केजी तौल समूहमा वीरगञ्जकी माजिया हसन सिद्धिकीले स्वर्ण पदक जितेकी छन् । गण्डकी प्रदेशकी अञ्जना परियार द्वितीय र प्रदेश १ की आश्मा राई र सुदूरपश्चिम प्रदेशकी गीता कठायतले तृतीय स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मंगलबार प्रदेश २ का भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, ६ वटै प्रदेशबाट एक/एक टिम, आयोजक वीरगञ्ज र भारतका बिहार, कालिम्पोङलगायत नेपाल भारतका १३ वटा टिमले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment