Comments Add Comment

बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति, अर्को साताबाट सुर्खेतमा पनि

२५ पुस, काठमाडौं । बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न गण्डकी प्रदेशको राजधानी पोखरमा श्रम स्वीकृति दिन लागिएको हो ।

श्रम, रेाजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा उपलब्ध साउन सुरु गरेको थियो ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउन पोखराबाट पनि सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ ।

त्यसका लागि मन्त्रालयले पोखराको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरिएको छ ।

हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

अर्को साता कर्णली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो ।

संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्दि्रकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment