Comments Add Comment

‘गली ब्वाइ’मा रणवीर र आलियाको कथा

चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा २ सय करोडको कमाई गरिसकेको छ । योसँगै बलिउडमा नायक रणवीर सिंहको राज चल्न थालेको देखिन्छ । रणवीरको यो चलचित्र रिलिज भएको साढे २ महिनापछि अर्को नयाँ चलचित्र रिलिज हुँदैछ । उनी अभिनित चलचित्र ‘गली ब्वाइ’ फ्रेवुअरी १४ बाट रिलिज हुँदैछ ।

यो चलचित्रको आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एउटा गल्लीमा भौतारिने यूवाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा रणवीर सिंह र नायिका आलिया भट्टको मुख्य भूमिका छ । जोया अख्तरले निर्देशन गरेको यो चलचित्रलाई एक्सल इन्टरटेन्मेन्ट र टाइगर बेबीको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रले हिपअपको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment