Comments Add Comment

दक्ष उद्यमी विकास गर्न डीएभी कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच सम्झौता

२५ पुस, काठमाडौं । डीएभी कलेज तथा ललितपुर चेम्बर अफ कमर्सबीच ‘युवा उद्यमी विकास कार्यक्रम’ लागि सम्झौता भएको छ ।

पौष ५ गते भएको उक्त सम्झौतामा डीएभी कलेजका अध्यक्ष अनिल केडिया र ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णलाल महर्जनले हस्ताक्षर गरे ।

दक्ष तथा बौद्विक युवा उद्यमी विकास गर्ने उद्देश्यले सम्झौता गरिएको डीएभी कलेजले जानकारी दिएको छ ।  डीएभी कलेजले ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा एमबिएस, बिबिए, बिबिएम तथा बिबिएसका विद्यार्थीहरुका लागि ‘युवा उद्यमी विकास कार्यक्रम’ आयोजना गर्ने जनाएको छ ।

सम्झौता अनुसार ललितपुर चेम्बरले डीएभीका विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्नका लागि दुई महिने प्रशिक्षार्थी कार्यक्रम् तथा औद्योगिक भ्रमणको अवसर प्रदान गर्नेछ ।

उक्त सम्झौताको अवधि एक वर्षको रहनेछ भने हरेक वर्ष ‘युवा उद्यमी विकास कार्यक्रम’को समीक्षा तथा निरिक्षण गरिनेछ ।

दुवै पक्ष कार्यक्रम प्रभावकारी बनाउन व्यवस्थापन तथा व्यवसायिक प्रशिक्षक छनौट गर्नका लागि संचार तथा सूचना आदान प्रदानका लागि सहमत भएका कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम मार्फत लक्षित विद्यार्थीलाई प्रशिक्षण दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment