Comments Add Comment

न्यू डायमण्ड र आर्मीबीच क्वार्टरफाइनलमा भिड्ने

२५ पुस, काठमाडौं । होङवान्जी न्यू डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्ड र नेपाल आर्मीबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ ।

बुधवार उद्घाटन खेलमा न्यू डायमण्डले चितवन टाइग्रेसलाई २५–१३, २५–१८ र २५–११ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । दोस्रो खेलमा नेपाल पुलिसले नेपाल आर्मीलाई २५–२१,२५–२१ र २५–१८ को सोझो सेटमा हरायो । समूह ए को बिजेता बनेको न्यू डायमण्डले समूह सीको उपबिजेता आर्मीसँग क्वार्टरफाइनल खेल्ने पक्का भएको हो ।

आयोजक न्यू डायमण्ड एकेडेमीको कोर्टमा भएको अन्य लिग खेलमा एपीएफ र टप्सले पनि जित निकाल्दै समूह बिजेताको रुपमा क्वार्टरफाइनलमा स्थान बनाएका छन् । एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५, २५–१० र २५–८ को सोझो सेटमा हराउँदा टप्सले पारामाउण्टलाई २५–१४, २५–१२ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो ।

बुधवार हुने क्वार्टरफाइनलमा न्यू डायमण्डले आर्मी, पुलिसले चितवान टाईग्रेस, एपीएफले पारामाउण्ट तथा टप्सले जाउलाखेलसँग खेल्ने छन् । चार दिने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) ले गरेका थिए ।

प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउने छन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment