Comments Add Comment

कांग्रेसले भन्यो – प्रदेश ५ को स्थायी राजधानी छिटो तोक

२५ पुस, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी तत्काल तोक्न माग गरेको छ । कांग्रेसले सरकारलाई दवाव दिन बुटवलमा बृहत जनप्रदर्शन तथा खवरदारी सभा गर्ने भएको छ ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारले अस्थायी राजधानी तोकेको एक वर्ष पुग्न लागे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्न नसकेको भन्दै कांग्रेसले दबावमुलक कार्यक्रमको तयारी गरेको हो । सरकारले राजधानी बुटवलबाट सार्ने षड्यन्त्र गरिरहेको भन्दै कांग्रेसले त्यसका विरुद्ध खवरदारी गर्न सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

बुधबार बुटवलमा बसेको नेपाली कांग्रेस रुपन्देहीको विस्तारित वैठकले माघ ३ गर्ते केन्द्रीय नेताहरुको सहभागितामा जनप्रदर्शन सभा गर्ने निर्णय पनि गरेको पार्टि सचिव रामकृष्ण खाँडले जानकारी दिए ।

सभामा नेपाली कांग्रेस संसदीय दलका प्रम्ुख सचेतक वालकृष्ण खाँड, पार्टीका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल मानबहादुर विक लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव खांँडले जानकारी दिए ।

कांग्रेसले प्रदेश सभा र प्रदेश सरकारले गाडी खरिदमा आर्थिक अनियमितता भएको दावी गर्दै त्यसको भण्डाफोर गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment