Comments Add Comment

‘डिशहोमद्वारा बाराका विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

२५ पुस, काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्‍याउने उद्देश्यले ल्याएको ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत बारा जिल्लाका विभिन्न विद्यालयलाई सहयोग गरेको छ ।

डिश होमले बाराको सिम्रौनगढस्थित, कँकाली उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो ।

डिशहोमले बारा जिल्लाकै गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालय, जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक विद्यालय लगायतका विद्यालयलाई पनि सहयोग गरीसकेको उल्लेख गरेकाे छ । डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएकाे बताएकाे छ ।

‘डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

यस बाहेक शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment