Comments Add Comment

पटेल ट्रेडर्स र लक्ष्मी इन्टरप्राइजेज विरुद्ध राजस्व छलीको मुद्धा

२५ पुस, काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले पटेल ट्रेडर्स प्रालि विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले राजस्व चुहावटको अभियोगमा पटेल ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्धा दायर गरेको हो ।

गत ३० असोजमा नेपालगन्जबाट काठमाडौं तर्फ आउँदै गरेको पटेल ट्रेडर्सको ना ५ ख ३८५२ नम्बरको ट्रकमा कुर्सीसहितका राजस्व छलेर भित्र्याइका मालसमान भेटिएपछि बर्दघाट चेकपोस्टले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा राजस्व छलेकाे पाइएपछि पटेल ट्रेडर्सका ओम नारायण पटेल र अजय कुमार सिंहविरुद्ध जनही १ करोड १५ लाख ८० हजार ६ सय ४२ रुपैयाँ र ३ वर्ष जेल सजाय माग दाबी गरि मुद्दा दायर गरिएको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले जानकारी दिए ।

उनीहरुले एउटै प्रज्ञापन पत्र पटक पटक प्रयोग गरी मालसामान ओसारपसार गरेको अभियोग छ ।  यस्तै बुधबार नै लक्ष्मी इन्टरप्राइजेजका घनश्याम यादवमाथि भन्सार छली गरेको अभियोगमा मुख्य प्रतिवादी बनाई २० लाख १५ हजार ९ सय १२ रुपैयाँ र ३ वर्ष कैद सजाय माग दाबी सहित मुद्दा दायर गरिएको उनले बताए ।

सोही मुद्दामा राजस्व चुहावटमा सहयोग गरेको आरोपमा पशुपति ट्रान्सपोर्ट भैरहवा शाखाका म्यानेजर कृष्ण गुप्ता र जितेन्ऽ मल्लाहलाई जनही १० लाख ७ हजार ९ सय ५६ रुपैयाँ र डेढ वर्ष कैद सजाय माग दाबी गरी मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment