Comments Add Comment

छोराछोरीबीच विभेद गर्नेलाई कारबाही गर्छौं : मेयर सरावगी

२५ पुस, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरवागीले छोरा र छोरीबीच विभेद गर्ने अभिभावकलाई कारबाही गर्ने कानुन बनाउने बताएका छन् ।

शिक्षामा बालबालिकाको हक र समानताको अधिकार विषयक अन्तर्क्रियामा उनले छोरालाई निजी र छोरीलाई सरकारी स्कुलमा पठाउने चलन अन्त्यका लागि पहिले जनचेतना जगाउने र अटेर गरे दण्ड दिने बताएका हुन् ।

‘कतिले यो नजानेर गरेका छन् भने कतिले जानाजान त्यसो गरिरहेका छन्, पहिला बालबालिकाबीचको बिभेदलाई अन्त्य गर्न जनचेतना फैलाउँछौं, अटेर गर्छन् भने अभिभावकलाई दण्डिन्त गर्ने कानुन नै बनाउँछौं’ उनले भने ।

नगर प्रमुख सरावगीले शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन र टिकाउन दिवा खाजा लगायतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा र युनिसेफको सहकार्य एवं सहयोगमा शिक्षा तथा मानव विकास श्रोत केन्द्रले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममार्फत नगरप्रमुख सरावगीको संयोजकत्वमा ११ सदस्यीय महानगरपालिका स्तरीय बालिका शिक्षा सञ्जाल गठनसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment