Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवाली आज किन जाँदैछन् भारत ?

२६ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज छिमेकी देश भारत जाँदैछन् । रायसिना संवादमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीबार नयाँ दिल्ली जान लागेका हुन् ।

अब्जर्भर रिसर्च फाउण्डेशन र भारतीय विदेश मन्त्रालयको सहकार्यमा रासयिना संवादको आयोजना हुँदै आएको छ । संवादको यो चौथो संस्करण हो । चौथो संस्करणको यो कार्यक्रमको विषय ‘अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय भएको छ ।

पराराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री ज्ञवालीले कार्यक्रमका क्रममा उक्त विषयमाथि आफ्नो धारणा राख्नेछन् ।

यसका अतिरिक्त मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग पनि छलफल गर्ने बताइएको छ । ती उच्च अधिकारीबारे भने परराष्ट्र मन्त्रालयले केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment