Comments Add Comment

अप्रत्यासित हारसँगै पीएसजी क्वाटरफाइनलबाटै बाहिरियो

२६ पुस, काठमाडौं । लिग वानको अपराजित लिडर तथा साविकको विजेता पेरिस सेन्ट जर्मेन रेलिगेशन जोनमा रहेको गिनगाम्पसँग अप्रत्यासित हार व्यहोर्दै फ्रान्स लिग कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा लिग वानको पुछारमा रहेको क्लब गिनगाम्पले पीएसजीलाई २–१ गोल अन्तरले पराजित भएको हो । पीएसजी पछिल्लो ५ सिजनको विजेता समेत हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले ६२ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो ।

तर, अन्तिमतिर जोगाउन सकेन । ८१ औं मिनेटमा पाएको पेनाल्टीमा यानी नागबाकोटोले गोल गरे भने इन्जुरी टाइममा पाएको अर्को पेनाल्टीमा मार्कर थुरामले विजयी गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment