Comments Add Comment

यस्तो देश, जहाँ अपराधीको ‘पूजा’ हुन्छ

अपराधी भन्ने बित्तिकै धेरैले घृणा गर्छन् । तर यो दुनियाँमा एउटा यस्तो देश पनि रहेछ, जहाँ अपराधीको पूजा हुन्छ ।

धेरैलाई यो समाचार निरर्थक, झूटो तथा पूर्वाग्रही लाग्न सक्दछ । तर, ल्याटिन अमेरिकी देश भेनेजुलयलाको पछिल्लो यथार्थ हो यो ।

ह्युगो चाभेजको नेतृत्वमा कुनै समयमा अमेरिकालाई चुनौती दिएको यो देश पछिल्लो समयमा यति थिलथिलो भएको छ, अराजकता मौलाएको छ । त्यो अराजकता आफ्नो ठाउँमा छ । भेनेजुयलामा एउटा यस्तो परम्परा छ, जसले त्यहाँको समाज अराजकता र अपराधप्रति कति आशक्त भन्ने देखाउँदछ ।

यो देशका मानिसहरुले अपराधीहरुलाई ईश्वर मानेर पूजा गर्दछन् । कुनै समयका कुख्यात तथा मरिसकेका अपराधीहरुलाई ईश्वर मानेर पूजा गर्ने एउटा अनौठो चलन भेनेजुयलामा रहेको छ ।

स्पेनिश भाषामा अपराधी देवताहरुलाई सान्टोस मेलेन्ड्रोस भनिन्छ । कुनै जमानाका कुख्यात अपराधीको पुत्ला बनाएर एकै ठाउँ राखिन्छ । त्यस्ता अपराधी देउताका पुत्ला हेर्ने मानिसहरुको भीड नै हुन्छ ।

त्यस्ता अपराधका देवतामध्ये एउटा चर्चित नाम हो, लुई सान्चेज । ऊ आफ्नो समयको कुख्यात अपराधी थियो । अहिले उसको पुत्ला बनाएर पूजा गरिन्छ ।

आखिर भेनेजुयलामा ती अपराधीको पूजा किन हुन्छ ? वास्तवमा त्यस जमानामा ती अभियुक्तहरु त्यहाँको गरीब समाजको लागि ईश्वर जस्तै थिए । अमेरिकाबाट लुटेर ल्याएको धन उनीहरुले गरीब जनताले बाँड्दथे । सान्चेल कुख्यात लुटेरा हो । उसले कसैको हत्या गरेन तर अमेरिकामा ठूलो लुट मच्यायो र त्यसलाई गरीबसँग बाँड्यो ।

यस्ता अपराधी देवतालाई विभिन्न खाले उपहार चढाउँछन् मानिसहरु । त्यसरी चढाइने उपहार मध्ये रक्सी प्रमुख हो । अपराधी देवतालाई रक्सी चढाएर मनोकांक्षा पूरा हुने विश्वास छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment