Comments Add Comment

‘कंलक’को सदस्य बन्न पाउँदा भाग्यमानी सोनाक्षी

नायिका सोनाक्षी सिंहले मंगलबार मात्र उनको नयाँ चलचित्र ‘कंलक’को छायांकन सकाएकी छिन् । मल्टिस्टारर यस चलचित्रको छायांकन सकिएको भन्दै उनले ट्विटरमा फोटो पोस्ट गरेकी छिन् । सोनाक्षीले आफू यो चलचित्रको एक सदस्य बन्न पाएकोमा आफूलाई भाग्यमानी मानेकी छिन् ।

उनले लेखेकी छिन्–‘ ‘नयाँ वर्षको सुरुवात र नयाँ चलचित्रको अन्त्य । मेरो लागि ‘कंलक’ सकिएको छ । यो एउटा यस्तो प्रोजेक्ट बन्यो, जसको एक अंश बन्न पाउँदा म निकै म आफूलाई भाग्यमानी ठान्छु । तपाइहरुले हेर्ने समयसम्म म पर्खन सक्दिनँ ।’

अभिषेक वर्मान निर्देशित चलचित्रमा आलिया भट्ट, वरुण धवन, संजय दत्त, माधुरी दिक्षित र आदित्य राय कपुरको पनि मुख्य भूमिका छ । अप्रिल १९ मा रिलिज हुने यस चलचित्रमा करण जोहर, सजिद, यस जोहर, एप्रुवा मेथाको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment