Comments Add Comment

दक्षिण अफ्रिकासँग सिरिज खेल्न अमिर र रिजवान पाकिस्तानी टिममा

२६ पुस, काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकासँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज क्रिकेट खेल्न मोहम्मद अमिर र मोहम्मद रिजवान पाकिस्तानी टिममा परेका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले फाष्ट बलर अमिर र विकेटकिपर ब्याट्सम्यान रिजवानलाई टिममा बोलाएको हो । उनीहरु यसअघिको दक्षिण अफ्रिकासँगको टेष्ट खेलमा भने टिममा थिएनन् ।

त्यस्तै पीसीबीले अलराउण्डर हुसैन टेलट र ब्याट्सम्यान शान मसोदलाई पनि टिममा बोलाएका छन् । यी दुबै खेलाडीले अहिलेसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यी २२ वर्षीय हुसेन र २९ वर्षीय शानले दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यु गर्ने सम्भावना रहेको छ ।

त्यस्तै, टिमबाट आसिफ अली, जुनाइद खान र हरिस सोहइल भने टिमबाट बाहिरिएका छन् । अली र खान टिमबाट फममा नरहेका कारण बाहिरिएका हुन् भने हरिस घाइते छन् । युएईमा भएको न्यूजील्यान्डसँगको सिरिजमा यी तीनै जना खेलाडी थिए ।

दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तानले पाकिस्तानसँग पाँच खेलको एक दिवसीय सिरिज खेल्नेछ । पहिलो एक दिवसीय खेल जनवरी १९ मा हुनेछ ।

दक्षिण अफ्रिकासँग खेल्ने पाकिस्तानी टिमः

सर्फराज अहमेद (कप्तान), बाबर अजाम, फहिम अश्रफ, फखर जमान, हसन अली, हुसेन टेलट, इमाद वासिम, इमाम–उल हक, मोहम्मद अमिर, मोहम्मद हफिज, मोहम्मद रिजवान, शादब खान, शाहिन अफ्रिदी, शान मसोद, शोइब मालिक र उस्मन खान रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment