Comments Add Comment

जैविक खानेकुराः भान्साको आवश्यक्ता

अहिले हामी दोधारमा छौं, खानेकुरालाई लिएर । हामीलाई थाहा छ, बाँच्नका लागि खानेकुरा खानुपर्छ । हामीलाई थाहा छ, निरोगी रहन खानेकुरा खानुपर्छ । र, हामीलाई यो कुरा पनि थाहा छ कि, खानेकुराकै कारण हामी रोगी हुन्छौं ।

खानेकुरामा भेद छ । स्वास्थ्य, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । ठिक त्यसैगरी खराब खानेकुराले पाचन यन्त्रलाई बोझिलो बनाउँछ ।

त्यसो भए कस्तो खानेकुरा खाने त ?

हामी फटाफट भन्न सक्छौं, जैविक खानेकुरा खानुपर्छ । हामीलाई थाहा नभएको होइन, स्वास्थ्य जीवनका लागि जैविन खानेकुराको विकल्प छैन । तर, थाहा हुँदाहुँदै पनि हामी विषाक्त खानेकुराको शिकार भइरहेका छौं ।

हामीले लिने हरेक गाँसमा विषको मात्र पनि छ भन्ने थाहा हुँदा हुँदै पनि हामी वाध्य छौं । किनभने हामी बजारमुखी छौं । आफ्नै खेतीपाती छैन । भएपनि, जैविक खेतीपाती छैन । यही कारण हामी उमेर नपुग्दै विभिन्न रोगले थलिदै गएका छौं । जीवनलाई पूर्ण भोग गर्न नपाई अस्पताल धाउन थालेका छौं ।

अहिले हामी फलफूल खान्छौं, सागसब्जी खान्छौं, दाल चामल खान्छौं । यी सबै खानेकुरा विषाक्त छन् ।  बिज भण्डारण गर्न, नर्सरी राख्न, उमार्न, फलाउन र फेरी भण्डारण गर्न । यी सबै प्रक्रियाका लागि किटनासक औषधी, रासयनिक मलखाद आदिको प्रयोग गरिन्छ । यसरी हाम्रो भान्सा विषभण्डार बन्दैछ ।

जैविक खानेकुराको आवश्यक्ता

प्राकृतिक रुपमा शुद्ध एवं ताजा आहार नै जैविक आहार हो ।  यस्ता आहारमा कुनै पनि किसिमको रसायन तथा किटनाशक औषधीको प्रयोग गरिएको हुँदैन । यो स्वाद तथा सुगन्धले पनि भरिपूर्ण हुन्छ ।  प्रोटिन, भिटामिन, मिनरल्स लगायतका पोषक तत्व पनि यसमा प्रचुर मात्रामा पाइन्छ । त्यसैले, आजकलको आधुनिक जीवनशैलीमा विभिन्न रोगको जोखिम कम गर्न पनि मानिसहरु जैविक आहारतिर केन्दि्रत हुन थालेका छन् ।

जैविक खाद्य पर्दाथको बारेमा गरिएको एक शोधबाट विभिन्न किसिमका रोचक जानकारी प्राप्त भएको छ । दुई देशका प्रसिद्ध संस्थानले मिलेर सम्पन्न गरेको उक्त शोधले जनाए अनुसार जैविक भोजनको सेवन गरेर विभिन्न किसिमका गम्भीर रोगको जोखिमलाई कम गर्न सकिन्छ । केही विशेष प्रकारका क्यान्सरको जोखिमलाई २५ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

झण्डै पाँच वर्ष लगाएर दुई देशका करिब करिब ७० हजार जनताहरुमा यो शोध गरिएको थियो । जसमा जैविक खाद्य अन्तर्गत दूध देखि लिएर चकलेट, वाइन लगायत १६ श्रेणीका खाद्य पदार्थको परीक्षण गरिएको थियो ।

फ्रान्सको ‘सेन्टर अफ रिर्सच इन इपिडिमियोलोजी एण्ड इस्टेस्टिक्स’ तथा अमेरिकाको ‘हर्वाड टीएच चान स्कुल अफ हेल्थ’ले मानिसहरुमा जैविक खाद्य पदार्थको असरबारे शोध गरेका थिए  । शोधका अनुसार जैविक खाद्यको प्रयोगले स्तन क्यान्सर, प्रोस्टेट, कोलोरेक्टल क्यान्सर, लिम्फोमा (सेतो रक्तकोषिकाको क्यान्सर) लगायत ७० भन्दा बढी प्रकारका क्यान्सरको खतरा कम गर्न सकिन्छ ।

दुवै संस्थानको शोध ‘जामा इन्टरनेशनल मेडिसिन जर्नल’ मा प्रकाशित गरिएको थियो । शोधका अनुसार जैविक फलफुल तथा सागसब्जी तथा अन्य खाद्य पदार्थमा  किटनाशक तथा अन्य हानीकारक रसायन हुँदैन । जसले गर्दा यी खाद्य पदार्थको सेवनले क्यान्सरको जोखिम कम हुने गर्छ ।

पछिल्लो समय खेतलाई उर्बरा बनाउन कयौ रसायनिक पदार्थ तथा किटनाशक औषधीको प्रयोग हुने गर्छ । जबकी, जैविक खेतीमा कुनै पनि रसायनको प्रयोग गरिदैन ।

पछिल्ला केही वर्षहरुमा मानिसको आर्कषण यस्ता खाद्य पदार्थमा बढी रहेको छ । अन्य खाद्य पदार्थको तुलनामा यस्ता खाद्य पदार्थको मुल्य धेरै हुदाँ समेत मानिसहरुको आर्कषण यस्तै खाद्य पदार्थतफ बढिरहेको छ । किनकी मानिसलाई विश्वास छ, यस्ता खाद्य पर्दाथको सेवनले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

बेलायतको ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले ग्लाइफोजेट, मेलाथियान तथा डायजिनानलाई क्यान्सरको कारक मानेको छ । यस्तै अन्य केही रसायनले एण्डोक्राइन ग्रन्थीलाई असर पार्दछ र इस्ट्रोजेन हर्मोनको रुपमा काम गर्न हुदाँ यसलाई यसलाई स्तन क्यान्सरको जोखिम बढाउने कारक पनि मानिन्छ । रसायनको खतरालाई मध्यनजर गरेर केही विशेषज्ञ मान्छन्, कि जैविक खाद्यले शरीरलाई सिधा सिधा कुनै लाभ नपुर्‍याए पनि घातक रसायनको प्रभावबाट शरीरलाई बचाउन भने अवश्य मद्दत गर्छ ।

‘हार्वड टीएच चान स्कुल अफ पब्लिक हेल्थ’ का डा. फ्रैंक बी हु ले भने, ‘ प्रायोगिक दृष्टिले हेर्ने हो भने यी अध्ययनका नतिजा प्रारम्भिक चरणका छन् । यसैको आधारमा मात्र मानिसहरुलाई आˆनो खानपानको तरीका बदल्न सल्लाह दिन सकिन्न । यति भन्न सकिन्छ की जो मानिस क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न चाहन्छन्, उनीहरुले भने धेरै भन्दा धेरै फलफूलको सेवन गर्न जरुरी छ ।

डा. फैंकले यस विषयमा व्यापक शोध आवश्यक रहेको औल्याए ।

फ्रान्सको संस्थान ‘सेन्टर फर रिर्सच इन इपिडिमियोलोजी एण्ड स्ेटेटिस्टिक्स’का शोधकर्ता जुलिया बाडीले भने जैविक खानपानले क्यान्सरको खतरालाई कम गरेपनि यसको नतिजा यति राम्रो होला भन्ने आफूले कल्पना पनि नगरेको बताइन् । उनले भनिन्,’ यो अध्ययनले कुनै ठोश प्रमाण दिदैन । तथापी, यति भन्न सकिन्छ कि यस्ता खानाको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगबाट अवश्य बच्न सकिन्छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment