Comments Add Comment

सरकारले भन्यो : डा. केसीका अधिकांश माग पूरा भइसक्यो

२६ पुस, काठमाडौं । सरकारले चिकित्सा शिक्षासँग जोडिएका डा. गोविन्द केसीको अधिकांश माग पूरा भइसकेको बताएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन बस्ने नभई उत्सव बनाउनुपर्ने सरकारका प्रवक्ताको टिप्पणी छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसके जस्तो लाग्छ ।’

उनले अघि भने, ‘यसमा के सम्बोधन भएन र ? यो उत्सव मनाउन पर्ने बेला हो जस्तो लाग्छ ।’

केसीले अरु विषयमा केके मिटिङ बैठक गर्नुहुन्छ, क–कसको अनुरोधमा माग राख्नुहुन्छ थाहा नभएको मन्त्री बास्कोटाले टिप्पणी गरे ।

डा. केसीले उठाएका द्वन्द्वकालीन मुद्दा लगायतका मागतर्फ संकेत गर्दै उनले भने, ‘विशुद्ध व्यवसायिक हो कि अरु केही खिचडी सिचडी केके हो हेर्नुहोला ।’

डा. केसी भने १० साउनमा आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै बुधबारदेखि इलाममा आमरण अनसन बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment