Comments Add Comment

नेकपा नेताको दावी : केपी ओलीको भिजनलाई चुनौती दिने कोही छैन

२६ पुस, सप्तरी । नेकपाका नेता एवं राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन’ लाई चुनौती दिने नेपालमा कोही नरहेको दावी गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरीले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीले जथाभावी बोलिरहेको भन्नेहरुलाई केही बर्ष पर्खिन आग्रह गरे । ‘प्रधानमन्त्रीले बोलेको कुरा पूरा गरेन, हावादारी कुरा गरिरहेका छन्’ भन्नेहरु केही दिन पर्खनोस्’ उनले थपे, ‘चार बर्षभित्रै केपी ओली सडकमा आउँदा बच्चादेखि बृद्वसम्मका व्यक्ति केपी ओली जिन्दावाद नारा लगाउन थाल्छन् ।’

अहिले द्रुत गतिमा विकास भइरहेको भन्दै उनले सधैं आलोचना गर्नुभन्दा पनि विकासका काममा सघाउन आग्रह गरे । अहिलेको विकास नेकपाले गरिरहेको बताउँदै उनले काम गर्नेको नाम नचलेको बताए । ‘काम गर्ने शरीरलाई धन्यवाद दिइरहेका छन्, तर टाउकोको नामै छैन’ प्याकुरेलले भने ।

पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा वार्गेनिङको क्रम बढेको उल्लेख गर्दै उनले यसतर्फ पत्रकार महासंघले ध्यान नदिएको गुनासो गरे ।

दुई पत्रकार पुरस्कृत

पत्रकार महासंघ सप्तरीले वितरण गर्ने २४ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार बृजमान तामाङले पाएका छन् । पुरस्कारको राशी २५ सय रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ सप्तरीले प्रत्येक बर्ष यो पुरस्कार बितरण गर्दै आएको छ ।

सोही अवसरमा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले उमा सिंहको स्मृतिमा बितरण गर्दै आएको वातावरणीय पत्रकारिता पुरस्कार पत्रकार विद्यानन्द रामलाई प्रदान गरियो । पुरस्कारको राशी १ हजार १ रुपैयाँ रहेको छ ।

आगामी बर्षदेखि १६ हजार पुर्‍याइने 

लामो समयदेखि सानो राशीको रुपमा बितरण हुँदै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारको राशी आगामी बर्षदेखि ह्वात्तै बढ्ने भएको छ । अहिले २५ सय बितरण हुँदै आएको यो पुरस्कारको राशी आगामी बर्षदेखि १६ हजार रुपैयाँको हुनेछ ।

पुरस्कारलाई ११ हजारसम्म पु¥याउन अक्षयकोषमा लाग्ने रकम राष्ट्रियसभा सांसद प्याकुरेलले थपिदिने प्रतिवद्वता जनाए ।
यस्तै सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले प्रत्येक बर्ष ५ हजार थप्ने घोषणा गरेका छन् ।

प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले प्रदान गर्दै आएको उमा सिंह स्मृति वातावरण पत्रकारिता पुरस्कारको राशी पनि ६ हजार १ सयको हुने भएको छ । अहिले १ हजार १ सय रहेको पुरस्कारको राशीमा उद्योग बाणिज्य संघका अध्यक्ष प्रधानले ५ हजार थप्ने प्रतिबद्वता जनाएका छन् ।

मुक्ति–लक्ष्मी पुरस्कारको घोषणा

नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष शिबहरि भट्टराईले अर्काे पत्रकारिता पुरस्कारको पनि घोषणा गरे ।

उनले आफ्ना पिता मुक्ति र माता लक्ष्मीको नाममा मुक्ति–लक्ष्मी पत्रकारिता पुरस्कारको घोषणा गरे । पुरस्कारको राशी ५ हजार रुपैयाँको रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment