Comments Add Comment

राजविराज अस्पतालमा एनआइसियू सेवा सुरु

२६ पुस, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नवजात शिशु स्याहार तथा उपचार केन्द्र (एनआइसियू) सेवा प्रारम्भ भएको छ ।

शरीर काम्ने, जन्मदा कम तौल भएका, अवधी पूरा नभई जन्मिएका, श्वासप्रश्वासमा समस्या, निमोनिया, रक्त अल्पता, जण्डिस तथा विभिन्न संक्रमणबाट पीडित नवजात शिशुको उपचार हुने एनआइसियू सेवा अस्पतालमा बिहीबारदेखि शुरु भएको हो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार उक्त सेवाको उद्घाटन गरेका हुन् । यादवले हिजोआज सप्तरीका अस्पतालमा डाक्टर आउन नचाहे पनि पाँच वर्षभित्र डाक्टरहरुले सप्तरीलाई नै रोज्ने दावी गरे ।

शहरी विकासमन्त्री मो. इस्तियाक राईले मन्त्री यादवले सप्तरी जिल्लामा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव ल्याएपछि ठूलौ नै भुइँचालो आएको बताए । राजबिराज र सप्तरीलाई मोडल क्षेत्र बनाउनका लागि कुनै कन्जुस्याईं नगर्ने बताए ।

भवनको शिलान्यास

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा थप ३ सय शैय्याको भवन शिलान्यास समेत गरिएको छ । अस्पताल प्राङ्गणमै स्वास्थ्य मन्त्रालयको सहयोगमा ३ सय शैय्याको भवन निर्माण हुने भएको हो ।

यो भवन बनाउनका लागि स्वास्थ्य मन्त्रालयले ७६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment