Comments Add Comment

नक्कली स्पेयर पार्टस प्रयोग नगर्न बजाजको अनुरोध

२६ पुस, काठमाडौं । बजाजले सस्तो मूल्यमा पाइने नक्कली स्पेयर पार्टस् प्रयोग नगर्न सुझाव दिएको छ ।

‘आमउपभोक्ताले नक्कली र जेन्यून स्पेयर पार्टसको भिन्नता पहिचान गर्न पनि सक्दैनन् । हुन पनि हो नक्कली र जेन्यून स्पेयर पार्टस्हेर्दा उस्तै देखिन्छन् पनि,’ कम्पनीले भनेको छ, ‘त्यसैले बजाजका आधिकारिक डिलर वा आधिकारिक बजाज सर्भिस सेन्टरबाट स्पेयर पार्टस् खरिद गर्नु नै हो ।’

ग्राहकहरुले पनि आफ्नो सवारीसाधनमा प्रयोग हुने पार्टहरुको आधारभूत जानकारी लिंदै नक्कली स्पेयर पार्टस्को प्रयोग गर्न नहुने कम्पनीले जनाएको छ ।

यो योजनाले उपभोक्ताहरु माझ जनचेतना फैलाउनुको साथै नक्कली स्पेयर पार्टस्को प्रयोगले हुने हानीकाबारेमा सचेत समेत गराने बताइएको छ ।  साथै उपभोक्ताहरुलाई जेन्यून स्पेयर पार्टस्को खरिद गर्न प्रेरित गर्दै सक्कली स्पेयर पार्टसमा पिङ्क होलो ग्राम स्टीकर हेरी सुनिश्चित गर्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment