Comments Add Comment

भारतसँग हारेपछि अस्ट्रेलियन टिममा ल्याइयो नयाँ खेलाडी

२६ पुस, काठमाडौं । श्रीलंकासँगको टेस्ट क्रिकेटका लागि अस्ट्रेलियन टिमले एक खेल पनि नखेलेका विल पुकोभस्कीलाई टिममा राखेको छ । सन मार्स र मिचेल मार्स टिममा नपरेका बेला पुकोभस्की टिमा पर्नुले उनको चर्चा चुलिएको छ ।

२० वर्षका पुकोभस्कीले फस्ट क्लास क्रिकेटमा पनि आठ खेल मात्रै खेलेका छन् । गएको महिना भिक्टोरिया टिमका लागि उनले एक खेलमा २ सय ४३ रन बनाएकाले रोजाइमा परेको विश्वास गरिएको छ ।

अस्ट्रेलियाले भारतसँगको टेस्ट सिरिज हारेकाले टिममा परिवर्तन गरिएको अनुमान गरिएको छ । टिममा आरोन फिन्च र पिटर ह्याण्डसकोम्ब पनि छैनन् । माट रेनशो र जोय बन्र्स टिममा ल्याइएको छ ।

अस्ट्रेलियाले श्रीलंकासँग दुई टेस्ट खेल्दै छ । पहिलो टेस्ट जनवरी २४ मा सुरु हुने छ ।

‘म अहिले निकै राम्रो फर्ममा छु जस्तो लाग्छ । मसँग रहेका अन्यले पनि मेरो खेल अहिले राम्रो रहेको बताइरहेका छन्’ पुकोभस्कीले टिममा परेपछि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment