Comments Add Comment

आईडीपीको सबैभन्दा ठूलो अस्ट्रेलियन शैक्षिक मेला आयोजना हुँदै

२६ पुस, काठमाडौ। उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपीले अष्ट्रेलिया शैक्षिकमेला जनवरी १३ मा (बिहानको ११ बजेदेखि साझ ४ बजेसम्म) होटल राडिसन लाजिम्पाट, काठमाडौँमा आयोजना गर्ने भएको छ। मेला अस्ट्रेलियाका राजदूत, पिटर बडबाट उद्घाटन हुनेछ ।

उक्त मेलामा अस्ट्रेलियाका ३०वटा शैक्षिक संस्था सहभागी हुने भएको छ । विद्यार्थीहरुले आवेदन दस्तुर अधित्याग विभिन्न किसिमका छात्रवृत्ति र अन्य “फर्स्ट ह्याण्ड ईन्फरमेसन” पाउन सक्नेछन् ।

मेलाको माध्यमबाट आईडीपीले विद्यार्थीहरुलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment