Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

२६ पुस, काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशेुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ।

‘रक्तदान नै जीवन दान’ हो भन्ने मूल नाराका साथ बिहीबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो।

बुढेसकालमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ।

स्थापनाको एक दशकमा बैंक बैंक अफ इएर द २०१४ तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड २०१६, बेष्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment