Comments Add Comment

अब हरेक विद्यालयमा प्राविधिक शिक्षा : मन्त्री पोखरेल

२६ पुस, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मुलुकका सबै विद्यालयमा प्राविधिक शिक्षा पढाउन आवश्यक रहेको बताएका छन् ।

बिद्यालयतहमा प्राबिधिक शिक्षा समावेश गरिए मात्र १२ कक्षा पास गरेको युवा आफै रोजगार बन्न सक्ने बताए । रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्ती तथा चौथो थाहा दिवसको अवसरमा थाहा नगरपालिकाको समन्वयमा फरक सोच अभियानले मकवानपुरको थाहा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले प्राबिधिक शिक्षा बिना मुलुकको शैक्षिक स्तरमा प्रगति नहुने बताए ।

अनलाइनखबरकर्मी पुरस्कृत

थाहा दिवस समारोहको अवसरमा ‘थाहा पत्रकारिता’ पुरस्कारबाट अनलाइनखबरकर्मी राजन दाहाल सम्मानित भएका छन् ।

रुपचन्द्र बिष्टको ८५ औं जन्मोत्सवको अवसरमा आयोजित चौंथो थाहा दिवसको अवसरमा सम्मान गरिएको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

थाहानगरको शिक्षा क्षेत्रमा योदान पुर्‍याएका थाहानगरका शिक्षासेवी निरञ्जन अधिकारीलाई तीर्थदास श्रेष्ठ सामाजिक सम्मान पुरस्कार प्रदान गरिएको छ भने साहित्यक क्षेत्रमा योगदान पुर्‍याए वापत साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अञ्जानलाई पनि सम्मान गरिएको छ ।

समारोहमा खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रमा स्वर्णपदक विजेता थाहा–१० चित्लाङका आशिष थापालाई थाहा नगरपालिकाले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment