Comments Add Comment

ओरेन्टल सहकारी पीडित निक्षेपकर्ताहरुको विशेष भेला

२६ पुस, काठमाडौं । ओरेन्टल सहकारी पिडित हकहित संरक्षण समितिको आयोजनामा ओरेन्टल सहकारी पीडित निक्षेपकर्ताहरुको विशेष भेला साँखु भक्तपुर इटहरी विराटनगर पोखरापश्चात  ललितपुरमा सम्पन्न भएको छ । उनीहरुले आयोगले आफूहरुको सम्पति निक्षेप रकम दिन नसकेको भन्दै उक्त विशेष भेला बोलाएका हुन् ।
यसअघि  साँखु भक्तपुर इटहरी बिराटनगर पोखरा र ललितपुर  भेलामा बहुसंख्यक  पिडितहरुले आयोगको कार्यप्रगति पर्ती असन्तुष्टी जनाएका छन् ।

पीडितहरुले आफूहरुलाई अहिले सम्म आयोगले न्याय दिन नसकेको, निक्षेप फिर्ता आउने बृस्तृत कार्य योजना प्रस्तुत गर्न नसकेको, हचुवाको भरमा मौखिक रुपले  छानबिन हुँदैछ भन्दै पटक-पटक छानबिनमा अल्झ्याइ रहेको र पीडितहरुलाई अझ पीडा थप्ने कार्य गरेको भन्दै आयोगलाइ आरोप लगाएका छन् ।

आयोगले बिस्तृत कार्ययोजनासहित निक्षेप रकम फिर्ता दिन नसकेको खण्डमा  पीडितहरु सडक संघर्षमा उत्रन बाध्य हुने पीडितहरुले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment