Comments Add Comment

अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डर काठमाडौंमा

२६ पुस, काठमाडौं । अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिसन नेपाल आएका छन् । नेपाल र अमेरिकाका विदेशमन्त्रीबीच हालै भएको भेटमा इण्डो प्यासिफिक रणनीतिबारे भएको छलफलबारे प्रश्न उठिरहेका बेला सोही कमाण्डका जनरल डेभिसन दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

उनलाई जंगी अड्डामा बिहीबार नेपाली सेनाले स्वागत गरेको छ । कमाण्डर डेभिसनले बिहीबारै जङ्गी अड्डा पुगेर सेनापति पूर्णचन्द्र थापालाई भेट गरे । भेटमा द्वीपक्षीय हित तथा पारस्पारिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जनरल डेभिसनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलसँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ । प्यासिफिक कमाण्डर नेपाली सेनाको पाँचखालस्थित वीरेन्ऽ शान्ति कार्य तालिम केन्द्रको निरीक्षण पनि गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment