Comments Add Comment

लेभान्टेसँग हार्‍यो बार्सिलोना

२७ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रेय फुटबलको पहिलो लेगमा लेभान्टेसँग पराजित भएको छ ।

बिहीबार राति लेभान्टेले आफ्नै घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । कमजोर टिमलाई सहज लिने बार्सिलोनाको कमजोरीका कारण लेभान्टेसँग हार्न पुगेको हो ।

लेभान्टेको जितमा इरिक काबाको र बोर्जा मायोरलले गोल गरे । यता, बार्सिलोनाका लागि फिलिपे कौन्टिन्होले गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा नै काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा मायोरलले गोल गरेपछि लेभान्टेले दोब्बर अग्रता बनाएको थियो । पहिलो हाफमा दुई गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल फर्काउन सकेपनि लेभान्टेलाई रोक्न भने सकेन ।

खेलको ८५औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कौन्टिन्होले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए । तर लेभान्टेलाई बार्सिलोनाले बाँकी समयमा गोल गर्न नसक्दा उसको हार भयो ।

त्यस्तै, बिहीबार राति नै भएका अन्य खेलमा सेभिल्लाले एट्लेटिको बिल्बाओललाई ३–१ गोलअन्तरले पराजित गर्दा रियल बेटिस र रियल सोसाइडेडले भने गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment