Comments Add Comment

रेबती भन्छिन्–‘प्रेममा थिएँ, तर अहिले सिंगल छु’

चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रन लागेकी नायिका हुन्, रेबती क्षेत्री । भारतको मुम्बइमा बस्दै आएकी रेबती यो चलचित्रबाट नेपाली चलचित्रमा पनि राज गर्ने सोचमा छिन् । ५.९ इन्च अग्ली रेबती भारतमा मोडलिङ गर्दै आएकी छिन् । प्रेमले भरिएको चलचित्रमा काम गरेकी रेबतीले अनलाइनखबरसँगको कुराकानीमा आफ्नो प्रेम प्रसंग पनि खुलाइन् ।

उनले भनिन्–‘हो, म कुनै समय प्रेममा थिएँ । तर, अहिले टुटिसकेको छ ।’ रेबतीले पत्रकारलाई आफ्नो प्रेम कोसँग थियो भनेर पत्ता लगाउन समेत चुनौती दिइन् ।

रेबतीले प्रेम टुट्नुको कारण समेत खुलाएकी छिन् । उनले भनिन्–‘टिनएजमा धेरै कुरा वुझिदैन । यसैले पनि प्रेममा परिन्छ र टुट्छ पनि । विशेषगरि, एक अर्कामा लचकता अपनाउन सकिएन भने प्रेममा अलग भइदो रहेछ ।’
उनले, एक अर्काले गरेको कामलाई सम्मान गर्नुपर्ने र यसो गर्न नसके लामो समयसम्म प्रेम नटिक्ने जवाफ दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment