Comments Add Comment

युएईमा ९ जना नेपालीलाई सुन उपहार

युएई / अल अहलिया एक्सचेन्ज युएईको विन्टर प्रोमोसन योजनामा ९ जना नेपालीले सुन उपहार पाएका छन् ।

साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् । यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ केजी सुन उपहार राखिएको थियो ।

१ केजी सुन भने भारत कोलकत्ताका संजित मण्डलले जितेको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए ।

सुन उपहार पाउने नेपालीहरुमा बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दिक्षीत पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भीमबहादुर महत, तासी शेर्पा, रवी सहानी र सुजन तामाङ्ग छन् ।

एक्सचेन्जले आफ्ना ग्राहकलाई लक्षित गरी गत नोभेम्बर ७ देखि जनवरी ६ तारिखसम्म विन्टर प्रोमोसन योजना संचालन गरेको थियो ।

योजनामा सहभागी भइ युएईको कुनैपनि शाखाबाट आˆनो देशमा पैसा पठाउने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएकाहरुले सुन जितेका हुन् ।

उपहार जित्नेहरुलाई बिहीबार एक्सचेन्जको रस अल खेमा शाखामा एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा एक्सचेन्जका जेनेरल म्यानेजर कमल सुब्बा, अपरेसन म्यानेजर सलमान खालिद, मार्केटिङ्ग म्यानेजर सन्तोष नाहीर, नेपाल प्रमुख वेनीमाधव ढकाल, एपीएस प्रमुख अमीर इक्बललगायतको उपस्थिति थियो ।

एक्सचेन्जले वर्षमा दुईपटक ग्राहक लक्षित योजना ल्याउने गरेको ढकालले बताए ।

अघिल्लो वर्षको समर सरप्राइज अफरमा इलाम सन्दकपुरका नरेन्ऽ मगरले १ केजी सुन उपहार जितेका थिए ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले जोड दिदै आएको सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment