Comments Add Comment

आन्तरिकतर्फ पनि २५ वटासम्म रात्री उडान

२७ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडानलाई प्राथमिकता दिइएको  छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् ।

यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो । तर, अब यात्रुको चापलाई हेरेर एटीआर विमान भएका एयरलाइन्सले रातीको उडान तालिका बनाएका हुन् ।

‘विहान र दिउँसो विमानस्थलमा हवाई चाप पर्छ, त्यो समयमा उडान तालिका राख्दा ‘डिल’ड हुने समस्या पनि बढी हुन्छ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुरमा क्षेत्रीले भने,’ बेलुकाकाके तालिमा यात्रुलाई पनिज लामो समय एयरपोर्टमा कुर्नुपर्दैन । हामीलाई विमानस्थल सञ्चालनमा पनि सहजता हुन्छ ।’

त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०-१२ वटा उडान रातिकै समयमा हुन थालेको छ । लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो ।

सिमरा,  विराटनगर, भैरहवा,  नेपालगञ्जमा रातिको समयमा पनि उडान भर्न सम्भव छ । धनगढीको एयरपोर्टमा पनि साँझसम्म उडान गर्न सकिन्छ । निकट भविष्यमै चन्द्रगढी र जनकपुर एयरपोर्ट पनि राति उडान गर्न योग्य बनाइँदै छ । यी दुई एयरपोर्ट पनि स्तरोन्नतिपछि राती हुने उडान थप्ने योजना विमानस्थल कार्यालयको छ ।

‘दिनभरि काम गरेर बेलुका सहजैसँग आफ्नो गन्तब्यमा पुग्न पाउँदा यात्रुलाई पनि राम्रो हुन्छ,’ क्षेत्रीले भने,’काठमाडौं आउनेलाई पनि राति आउँदा जामको समस्या खेप्नुपर्दैन । रातिको उडानले यात्रुलाई फाइदा नै हुन्छ ।’

रातिको उडान संख्या बढाएपछि विमानस्थललाई पनि व्यवस्थापनमा सहज हुँदै गएको छ । अहिले विमानस्थलमा उडान संख्या धेरै हुँदा एयर ट्राफिक जामको बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment