Comments Add Comment

‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायातका ५० प्रतिशत कर्मचारी सिद्धिसके’

२७ पुस, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका छन् ।

शुक्रबार संसदको विधायन समितिमा उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन विगतमा रहेको बताएका हुन् ।

‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यलयका कर्मचारी सिध्दिसके, ५० प्रतिशत सिद्धिसके । तर हाम्रो नियन्त्रणको निरन्तर प्रयास जारी छ’ उनले भने ।

कार्यक्रममा सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटना के हो भनी महानिर्देशक ढकाललाई प्रश्न गरेका थिए ।

यातायात कार्यालयमा अहिले धेरै सुधार भएको भन्दै केही चोर प्रवृत्तिका मानिसहरुका कारण समस्या भएको बताए ।

‘सुधार नै नभएको होइन । सबै अनलाइन सिस्टममा गएपछि बार्षिक ४/५ अर्ब राजश्व उठ्ने गरेकोमा २५/२६ अर्ब उठेको छ । तर, चोर प्रवृत्तिका मान्छेहरु दलाल प्रवृत्तिका मान्छेहरु छन्’ उनले भने ‘ऐन कानुन टाइट भएपछि भाउ पनि बढ्दो रहेछ । सिसिटिभी लगायतका सिस्टमबाट हेर्ने अनुगमन गर्ने कार्य पनि भइरहेका छन् । तर सिस्टममै ह्याक गर्दा रैछन् ।’

जति कडाइ गर्दा पनि लाइसेन्सको बिक्री रोक्न नसकिएको उनले स्वीकार गरे । ‘कानुन टाइट भएपछि  भाउ बढेर ४० हजार पुग्यो होला । जति कन्ट्रोल गर्‍यो त्यति भाउ बढ्दो रहेछ’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment