Comments Add Comment

के प्रेममा छन् सुशिल र सुपुष्पा ?

माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’मा मुख्य भूमिकामा नायक सुशिल सिटौला र नायिका सुपुष्पा भट्ट छन् । चलचित्रमा प्रशान्त ताम्राकार र सुभेच्छा खड्कालाई पनि देख्न सकिन्छ । तर, चलचित्रका मुख्य दुई कलाकार सुशिल र सुपुष्पा प्रेममा रहेको खबर चलचित्र बजारमा चल्न थालेको छ । चलचित्रको वर्कशप सुरु भएसँगै उनीहरु नजिक भएका थिए । हाल उनीहरु प्रेममा रहेको श्रोतले बताएको छ ।

सुपुष्पाले नायिक सुशिललाई बोलाउने क्रममा ‘दाई’ भन्दै आएकी छिन् । सुशिल र सुपुष्पा दुबैले एक अर्कालाई मन पराउने वुझिएको छ । केही समय अगाडि पनि यी दुइको प्रेमको चर्चा एक कार्यक्रममा नउठेको होइन । तर, यी दुइले होइन भन्दै टारेका थिए । तर, चलचित्रको वर्कशपबाट घनिष्ठ बनेका यी दुइ अहिले प्रेमको यात्रामा रमाइरहेको श्रोतले बतायो ।

यो बिषयमा सुशिल र सुपुष्पाले पक्कै पनि जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment