Comments Add Comment

१२ वर्षपछि रेसुङ्गाको धुले मैदानबाट नियमित उडानको तयारी

२७ पुस, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट छिट्टै नियमित उडान सुरु हुने भएको छ । रेसुङ्गा-१० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थलमा धुले उडानको तयारी गरिएको हो ।

निर्माणको काम सम्पन्न हुनसाथ धुले उडानलाई निरन्तरता दिने तयारी भइरहेको निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

धुले उडानको लागि नेपाल नागरिक उड्यान प्राधिकरणसँग छलफल भइरहेको उनले बताए । केहीदिन पहिले प्राधिकरण र पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेर नियमित धुले उडान र आगामी वजेटको लागि छलफल गरेको पन्तले बताए ।

उडानको निम्ति केही पूरा गर्नु पर्ने निर्माणको काम बाहेक अन्य समस्या नरहेको अध्यक्ष पन्तको भनाइ छ । ‘परीक्षण उडान सम्पन्न भएको छ,’ अध्यक्ष पन्तले भने, ‘धुले उडान निमित गर्नको निम्ति पनि अब छिट्टै सुरु हुन्छ यो मितिबाट अहिले नभनौं ।’

अहिले चलिरहेको निर्माण कार्य सम्पन्न भएपछि मात्रै अरु टावरलगायतका निर्माणको निम्ति वजेट आउने अध्यक्ष पन्तले बताए ।

‘परीक्षण उडान पछि नियमित उडानबारे धेरैको चासो बढेको छ,’ अध्यक्ष पन्तले भने, ‘नियमित उडान कसरी गर्ने बारे ध्यान दिइरहेका छौं ।’ नियमित उडानका लागि थुप्रै काम बाँकी भएको सुनिल समिर निर्माण सेवाका प्रमुख नारायण पोखरेलले बताए ।

उनले अहिलेसम्म बेस निर्माणकै काम भएकाले रनवे, टावर, ग्राभेल र सुरक्षाको काम त्यतिकै रहेको बताए । ती सबैको लागि ठूलो रकम आवश्यक पर्ने बताए । उडान सुरु हुने भएपछि स्थानीयवासी खुसी छन् ।

एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरे पनि नियमित उडान भने हुन सकिरहेको छैन् ।

विमानस्थल ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले सुरुआत गरेका थिए । निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा निकै लामो समय लाग्यो ।

पुनः ज्ञवाली मन्त्री बनेकै बेला गएको जेठ २७ गते आफ्नै उपस्थितिमा परिक्षण उडान पनि भयो । निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि तारा एयरको विमानले धुले परीक्षण उडान गरेको थियो ।

धुले उडानले स्थानियमा ठूलो खुसि र आशा जगाएको थियो । परीक्षण उडानका लागि पोखराबाट आएको तारार एयरको विमानमा चालक दलका सदस्यसहित ९ जनाको टोली सवार थिए । कुल १८ जना यात्रु अटने विमानले परीक्षण उडान गरेको थियो ।

परीक्षण उडानपछि तारा एअरका चालक दलका क्याम्पटेनहरुले पानी परेको समय बाहेक अन्य समयमा धुले उडानको गर्न सकिने बताएका थिए । विमानस्थल निर्माण कार्य अन्तिम चरण पुगेर परीक्षण उडानले गुल्ममेलीहरुको जहाज चढ्ने सपना पूरा हुने भएको छ ।

तर, कहिलेबाट सुरु होला भन्ने स्थानीयमा जिज्ञासा पनि उत्तिकै रहेको छ । गुल्मीमा ०३६ सालबाट विमानस्थल सञ्चालनमा ल्याउनको लागि छलफलहरु भएपनि त्यसले मूर्त रुप पाउन सकेको थिए ।

धेरै छलफल र चर्चा परिचर्चापछि मात्रै ०६३ सालबाट गुल्मीमा विमानस्थल सञ्चालन गर्न आधिकारिक सुरुआत भएको थियो ।

५६० मिटर लम्बाई भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ ।

विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना भन्दा क्षेत्रफल रहेको छ ।

कुल क्षेत्रफल मध्ये करिब ५६ रोपनी सार्वजनिक जग्गा छ । निर्माणाधीन विमानस्थलमा हालसम्म ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको रेसुङ्गा विमानस्थल समितिका अध्यक्ष पन्तले बताए ।

विमानस्थल निर्माण लागि हालसम्म करिब १४ करोड बढी खर्च भइरहेको छ । विमानस्थल नियमित सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

गुल्मीबाट नियमित उडान सुरु भए वषर्ातको समयमा बुटवल नजिकै रहेको सिद्धबाबाको पहिरोको जोखिममा यात्रुलाई झेल्नु नपर्ने स्थानियवासीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment