Comments Add Comment

सक्कली प्रहरीको हवाला दिँदै नक्कली डीएसपीको रवाफ !

२७ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत् डीएसपीको कार्ड देखाउँदै रवाफ देखाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको बालकोटका ३५ वर्षीय अनिल थापा छन् । उनलाई विशेष सुराकीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार थापा १४ दिनअघिदेखि कमलादीस्थित तिरुपती होटलको कोठा नं. २०३ मा बसेर शंकास्पद गतिविधि गर्दै आएका थिए । त्यसको सूचना पाएपछि परिसरको टोलीले निगरानी बढाएको थियो ।

त्यसक्रममा उनले प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमकिरण बोगटीको नाम लिएर सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको खुलेको थियो । उनले तिरुपतीमा मात्र नभइ, ठमेल, दरबारमार्ग लगायतका क्षेत्रका होटल र रेष्टुरेन्टहरुमा समेत डीएसपी भएको बताउँदै धम्की दिँदै हिँडेको भेटिएको छ ।

प्रहरीले उनीमाथि ठगी मुद्दामा म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment