Comments Add Comment

‘ऐश्वर्य’ नगरेकी सुवेक्षालाई ‘रणवीर’ किन मन पर्यो ?

चलचित्र ‘रणवीर’मा नायिका सुभेक्षा खड्काको मुख्य भूमिका छ । यो चलचित्रमा अभिनय गरेकी सुवेक्षालाई चलचित्र ‘ऐश्वर्य’मा पनि अफर गरिएको थियो । तर, उनले यो चलचित्रमा काम गरिनन् । आज आयोजित चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘ऐश्वर्य’ नगर्नुको कारण खुलाएकी छिन् ।

उनले भनिन्-‘मलाई त्यो चलचित्रमा मेरो भूमिका चित्त वुझेन । चलचित्रमा मैले काम गरेपछि त्यसले के अर्थ राख्छ भनेर म हेर्छु । म सो पिस मात्र बन्ने हो वा मेरो भूमिकाले केही अर्थ राख्छ भनेर हेर्न आवश्यक छ । मलाई उक्त चलचित्रमा मैले गर्ने भूमिकाले खासै अर्थ राख्छ भन्ने लागेन र गरिनँ ।’

सुवेक्षाले चलचित्रमा हिट हुनु र फ्लप हुनुलाई भाग्यको कुरा समेत भनेकी छिन् । उनले भनिन्-‘मिस नेपालहरु चलचित्र क्षेत्रमा खासै नटिकेको कुरा सत्य हो । तर, यो सबै मिहिनेत र लकको कुरा हो । हेरौ के हुन्छ ।’

नव-नायिका खड्काले आफूले कथावस्तु निकै मनपरेपछि मात्र ‘रणवीर’मा काम गरेको खुलाइन् । यो चलचित्रमा आफ्नो भूमिका र यसको प्रस्तुती मन परेकाले मैले गरेकी हुँ, आशा छ दर्शकलाई मन पर्नेछ ।’-सुवेक्षाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment