Comments Add Comment

गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

२७ पुस, काठमाडौं । संकटा क्लब तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

धनगढी रंगशालामा शुक्रबारको भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलअन्तरले पराजित गर्दै संकटा क्वार्टरफाइनलमा पुगेको हो । संकटाले अब माघ एक गते क्वाटरफाइनलमा क्यामरुनको धाउफिन्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफको इन्जुरी समयको संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै गर्न गर्न सफल भए । पहिलो हाफमा एक गोलले अघि रहेको संकटा क्लबले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि इलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । तर खेलको ८३ औं मिनेटमा भने गोर्खा ब्वाइजका खेलाडीले बचाउन सकेनन् । फोफाना इब्राहिमको क्रसमा इलोन म्याक्सवेलले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए ।

शनिबार हुने पहिलो क्वार्टरफाइनलमा एपीएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment