Comments Add Comment

३७ हजार कर्मचारीले रोजे समायोजन

२७ पुस, काठमाडौँ । कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको सङ्ख्या बढेको छ ।

पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिए ।

उनका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ । ‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’ उनले भने, ‘त्यसैले अहिले फारम भर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।’

अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् । मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment