Comments Add Comment

एक खेल पनि नजिती श्रीलंकाले टुंग्यायो न्युजिल्याण्ड भ्रमण

२७ पुस, काठमाडौं । पछिल्लो समयमा श्रीलंकाको एकपछि अर्को प्रदर्शन खस्किदो अवस्थामा छ । न्युजिल्याण्ड भ्रमणमा रहेको श्रीलंकाले एक खेल नजिती नै तीन वटै फर्म्याटको क्रिकेट सिरिज टुंगाएको छ ।

दुई खेलको टेष्ट सिरिजमा १–० ले, तीन खेलको एक दिवसीय सिरिजमा क्लिन स्वीप र एक खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा पनि श्रीलंका न्युजिल्याण्डसँग पराजित भएको हो ।

शुक्रबार भएको टी–ट्वान्टी खेलमा श्रीलंका ३५ रनले पराजित भएको हो । १८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले १६.५ ओभरमा सबै विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका लागि थिसरा परेराबाहेक अन्य कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । परेराले ४३ रन बनाएका थिए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा लोकी फर्गुसन र इस सोधीले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले सात विकेटको क्षतिमा १७९ रन बनायो ।  न्युजिल्याण्डका लागि डौग ब्रासेवेलले ४४, स्कट कुगेलेइजनले अविजित ३३ र रोस टायलरले ३३ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment