Comments Add Comment

प्रभु बैंकले ल्यायाे पीबीएल मास्टरकार्ड

२७ पुस, काठमाडाैं । प्रभु बैंक लिमिटेडले पीबीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ । बैंकले अंग्रेजी नयाँ वर्ष आरम्भको अवसर पारेर मास्टरकार्ड सञ्चालनमा ल्याएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि बैंकले औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताइएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए ।

मास्टरकार्ड अन्तर्राष्ट्रिय भुक्तानी गर्ने एउटा संस्था हो । यसले संसाभरि मास्टरकार्डमार्फत् भुक्तानीमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment