Comments Add Comment

हिमालयन बैंककाे मास्टरकार्ड डेविट कार्ड सञ्चालनमा

२७ पुस, काठमाडौं । हिमालयन बैंकले मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुरू गरेको छ ।

बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा सुभारम्भ भएको घोषणा गरे ।

उक्त अवसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका एटीएम र पस मेसिनमा प्रयोग गर्न सक्नेछन् ।

उक्त अवसरमा मास्टरकार्डका तर्फबाट पोरुष सिंहले पछिल्ला वर्षमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउँदा गौरवान्भित भएको बताए ।

उनले नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिवद्ध रहेको पनि बताए ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको नयाँ कार्डको प्रयोगबाट बैंकका ग्राहकले २० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

बैंकका अनुसार मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरुमा छुट समेत पाइने छ ।

यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जानकारी गराएको छ ।

यसबाहेक मास्टरकार्ड धारी ग्राहकले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेसिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने बैंकले जानकारी दिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment