Comments Add Comment

वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा पनि मुछिए

२८ पुस, काठमाडौं । शनिबारीय अंकसहित प्रकाशित पत्रिकाहरुमा आज विवेकशील साझा पार्टीको बिभाजन प्रमुख हेडलाइन बनेका छन् । त्यससँगै कान्तिपुर दैनिकले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएको भन्दै मुख्य समाचार बनाएको छ ।

२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफासिरको निर्णय भएको थियो । त्यतिबेला देउवा नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्र नारायण देव उड्डयन मन्त्री रहेको उल्लेख छ ।

नागरिक दैनिकले शिक्षा मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको समाचार छापेको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ ।

अन्नपूर्ण पोष्टका अनुसार सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको चलखेल गर्ने ठेकेदार कम्पनीलाई आफूखुशी म्याद थप्दै आएको छ । यसरी म्याद थप्दा एकारित मल चाहिने बेलामा किसानले चर्को अभाव बेहोर्छन् भने अर्कोतिर लाखौं रुपैयाँ घोटाला हुन्छ । ‘मलमा छल, आपूर्तिको म्याद थप्दै लाखौं डलर घोटाला’ शीर्षकमा अन्नपूर्ण पोष्टले यो समाचार छापेको छ ।

नेपाल समाचार पत्र दैनिकले नेपालकै पहिलो नमूना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भइरहेको मुख्य समाचार छापेको छ । धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण गर्न २०७१ सालमा सम्झौता भएको थियो । तर, चार वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।

नयाँ पत्रिका दैनिकले ‘ठूला व्यवसायीको होटेल मोह’ शीर्षकमा शनिबार विशेष सामग्री प्रकाशित गरेको छ भने गोरखापत्र दैनिकले ‘पृथ्वीनारायण शाहको कामलाई सम्मान’ शीर्षकको मुख्य समाचार छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment