Comments Add Comment

थोमस मुलरलाई दुई खेलमा प्रतिवन्ध

२८ पुस, काठमाडौं । जर्मन क्लब वार्यन म्युनिखका फरवार्ड थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ । गत डिसेम्बरमा भएको समूह चरणअन्तर्गतको खेलमा अजाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकाले मुलरलाई प्रतिवन्ध लगाइएको हो ।

उनले अब च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ का दुई खेल गुमाउने छन् ।

जर्मनीका मुलरले च्याम्पियन्स लिगका १०७ खेलमा ४२ गोल गरेका छन् । उनले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment